Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

क्यान इन्फोटेकमा चार लाखले अवलोकन गरे

क्यान इन्फोटेकमा चार लाखले अवलोकन गरे

काठमाडौं, २१ मघ । क्यान इन्फोटेक २०१९ मा सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाखले अवलोकन गरेका छन् । मंगलबार देसख सुरु भएको एक्स्पोको अन्तिम दिन आइतबारमात्र करिब एक लाखले अवलोकन गरेका थिए ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको बताइएको छ । मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग अवलोकनको व्यवस्था मिलाइएको थियो । त्यस्तै, मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन गराइएको थियो ।

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए ।

सूचना प्रविधि मेला अवलोकन गर्न मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न दलका नेता, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेसागत संघसंगठनका प्रतिनिधि भृकुटीमण्डप पुगेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x