Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया रन फर हेल्थ’ प्रतियोगितामा सम्पन्न

एनआईसी एशिया रन फर हेल्थ’ प्रतियोगितामा सम्पन्न

काठमाडौं, २१ माघ । एनआईसी एशिया बैंक लिमिटेडको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आईसी एशिया रन फर हेल्थ” दौड प्रतियोगिता सम्पन्न भएको छ।

विराटनगर–शंकरपुर स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको “एनआईसी एशिया रन फर हेल्थ” दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवस को पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरीएको कार्यक्रममा संयोजक विकास बेगबानीले जानकारी दिए ।

५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भए भने छात्रा तर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । प्रथम, दोश्रो तथा तेश्रो हुनुहुने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x