Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नवनियुक्त राजदूतहरुसँग उद्योग परिसंघको छलफल

नवनियुक्त राजदूतहरुसँग उद्योग परिसंघको छलफल

काठमाडौं, २१ माघ । नवनियुक्त राजदूतहरुसँग एवं नेपाल उद्योग परिसंघले छलफल गरेको छ । छलफलमा भारत, इजरायल, मलेसिया, यु ए ई, फ्रान्स, कुवेत, क्यानडा रथाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघका लागि नव  नियुक्त हुनुभएका राजदूतहरुको स्वागत गर्नु हुँदै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले देशमा राजनीति स्थिरता सृजना भएको अवस्थमा लगानी भित्राउन महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।

छलफलको क्रममा अध्यक्ष शर्माले सम्बन्धित देश र नेपालको निजी क्षेत्र बीचको सहकार्य र सम्बन्ध विस्तारमा राजदूतहरुले आफ्नो मूख्य लक्ष्य र योजना सहित परिसंघ जस्ता संस्थाहरुको सहयोग र सहकार्यमा जुट्न सकेको खण्डमा नेपालमा लगानी वृद्धिमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

सो कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आर्थिक कुटनीतिकको वर्तमान सन्दर्भमा राजदूतहरुको भूमिका राजनीतिक कुटनीति मात्र नभइ बजार प्रतिनिधिको समेत हुनुपर्ने कुरामा जोड दिदै अबको कुटनीति निजी क्षेत्रसँगको सहकार्य, समझदारी र संलग्नताको अभावमा सफल नहुने भएकोले नवनियुक्त राजदूतहरुले यस विषयमा विशेष प्राथमिकता दिइ कार्ययोजना बनाउनु पर्ने विचार व्यक्त गरे ।

छलफलको क्रममा भारतका लागि नवनियुक्त राजदूत निलम्बर आचार्यले अबको दूतावासहरुले व्यवसायमैत्री सम्पर्क र युवा उद्यमीहरुलाई प्रोत्साहन दिने कार्यक्रम ल्याई अघि बढ्नुपर्ने विषयमा जोड दिए ।

उक्त छलफल कार्यक्रममा आ–आफ्नो मन्तव्य तथा धारणा व्यक्त गर्नु हुँदै नवनियुक्त राजदूतहरु अञ्जन शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), कृष्ण प्रसाद ढकाल (यू ए इ), दिपक अधिकारी (फ्रान्स), दूर्गा प्रसाद भण्डारी (कुवेत), भृगु ढुङ्गाना (क्यानडा), गणेश प्रसाद ढकाल (थाइल्याण्ड), मणी प्रसाद भट्टराई (यू एन, जेनेभा)र अमृत बहादुर राई (यू एन, न्यूयोर्क) ले नेपालमा लगानी भित्र्याउने एवं नेपालको लगानीमैत्री वातावरण बारे पैरवी गर्नेमा आ–आफ्नो तहबाट निजी क्षेत्रसँग सहकार्य र सम्बन्ध विस्तारमा प्रयासरत रहने विश्वास व्यक्त गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x