Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कल रोमिङ सेवा अब एनटिसी प्रिपेड ग्राहकलाई पनि

कल रोमिङ सेवा अब एनटिसी प्रिपेड ग्राहकलाई पनि

काठमाडौं २२ माघ । सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक संस्था नेपाल टेलिकमले आफ्नो १५ औं बार्षिक उत्सवको अवसरमा विभिन्न सेवामा बिषेश अफर दिएको छ । टेलिकमले पोस्टपेड ग्राहकका लागि मात्र उपल्वध गराउदै आएको अन्तराष्ट्रिय रोमिङ सेवा अब प्रिपेट ग्राहकहरुका लागि पनि उपलब्ध गराउने योजना सार्वजानीक गरेको हो ।


पोस्टपेडबाट विश्वका ५६ देशमा रोमिङ कलको सुविधा रहेकोमा प्रिपेडबाट अहिले दुई देश (चीन र भारत) मा मात्रै रोमिङ कलको व्यवस्था गरिएको टेलिकमले जनाएको छ । टेलिकमले २००१ बाट रोमिङ कलको सुविधा व्यवस्था गरेको थियो । यस अघि रोमिङ कलको लागि ३० हजार धरौटी राख्नु पर्ने व्यवस्था गरिएकोमा केही महिना अघिबाट यो धरौटी रकम घटाएर १० हजार रुपैयाँ मात्रै राखे पुग्ने व्यवस्था गरिएको थियो ।

यसका साथै टेलिकमले बार्षिक उत्सवको अबसरमा माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १०० मिनेटसम्म् भ्वाइस बोनस दिने घोषणा गरेको छ । साथै ग्राहकहरुका लागि अन्य धेरै सेवा योजना तथा छुटको व्यवस्था पनि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x