Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

व्यापार घाटा कम गर्न आवश्यक रणनीति बनाईने

व्यापार घाटा कम गर्न आवश्यक रणनीति बनाईने

काठमाडौं २२ माघ । नेपाल भारत संन्धिको पुनरावलोकन गरिने भएको छ । नेपाल भारत वाणिज्य संन्धि सम्बन्धी पुनरावलोकन गर्ने उदेश्यले मंगलबार काठमाडौमा सम्पन्न ‘नेपाल भारत व्यापार संन्धिःचुनौती र अबसरहरु’ नामक अन्तरकृया कार्यक्रममा यस्तो बताईएको हो ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गरेको सो अन्तरकृया कार्यक्रममा वाणिज्य सचिव केदार बहादुर अधिकारीले नेपाल र भारत बीचको व्यापारमा देखिएको समस्या समाधान गर्न र व्यापार घाटा कम गर्न आवश्यक रणनीति बनाई भारत संग छलफल गरिएको बताए । सचिव अधिकारीले दुई मुलुकबीचको व्यापारमा देखिएको समस्या समाधानका लागि आवश्यक सुझाव दिन विज्ञहरुलाई पनि आग्रह गरे ।


साथै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै साउथ एशियन वाच अन ट्रेड एण्ड इकोनमिक्स एण्ड इन्भायरोमेण्ट (सावती) का अध्यक्ष डा. पोसराज पाण्डेले सरकार तथा नीजि क्षेत्रले नेपाल भारत व्यापार संन्धिको बारेमा पुनरावलोकन गर्नु तर्फ दुवै पक्ष चनाखो हुनु पर्ने जोड दिए ।

सोहि कार्यक्रममा नीजि क्षेत्रका प्रतिनिधिहरुले नेपाल भारत बाणिज्य संन्धिमा रहेको समस्यालाई दुवै देशका प्रतिनिधिहरुले सहकार्य गरि समाधान गर्न आग्रह गरेका छन् । उनीहरुले नेपाल सरकार र भारत सरकारले व्यापार कम गर्ने रणनीतिहरु बनाइ भान्सार नाकाहरुलाई सुविधा सम्पन्न बनाउन सरकार संग माग गरे ।


कार्यक्रममा नीजि क्षेत्रका प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर, नेपाल उद्योग परिसंघ तथा वाणिज्य संग सम्वन्धीत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x