Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आन्तरिक स्रोत परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल हुर्दैन- अर्थमन्त्री डा. खतिवडा

आन्तरिक स्रोत परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल हुर्दैन- अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, २२ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्र बैंक र वित्तिय संस्थाहरुले वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडी बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरु सहकार्य गरेर काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खतिवडाले आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल नहुने भन्दै बाह्य स्रोत परिचालन र प्रर्वद्धनमा समेत ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिए । प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्नुका साथै बैंकहरुलाई विदेशी स्रोत परिचालनमा थप सहजीकरण गर्न आवश्यक भए सो तर्फ ध्यान दिन आग्रह पनि गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपाल, बैंक अफ एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिषदुका पदाधिकारी सहभागी भएको बैठकमा मन्त्री खतिवडाले मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षामा आधार व्याजदर र निक्षेप तथा कर्जामा लिने व्याजदरको फरकको बारेमा अध्ययन गरी यस तर्फको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभई दिर्घकालिन रुपमा लगानीको वातावरण तयार गर्नुपर्ने उनको जोड् छ । उहाँले बैंक तथा वित्तिय संस्थाहरुलाई औद्योगिक प्रर्वद्धन मैत्री बनी समय सापेक्ष साधन परिचालन गर्न समेत निर्देशन दिए । वित्तिय संस्थाले सेवा र व्यवहारमुखी भएर लगानी गर्न सकेमा सबैको हितमा हुने मन्त्री खतिवडाको भनाई छ ।

बैठकमा वित्तिय क्षेत्रमा देखा परेका समस्या र अव्यवस्थित व्याजदरका साथै विरगञ्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रका व्यवसायी उद्योगीले गरेको हड्ताल समाधान गर्ने विषयमा समेत छलफल भएको हो । उनीहरुले डिपोजिट व्याजदरको तुलनामा ऋणको व्याजदर नघटेको भन्दै अर्थमन्त्रीलाई वित्तिय क्षेत्रमा देखा परेका समस्या समाधान गर्न ध्यानार्कषण गराएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x