Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा महेन्द्रनगरमा

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा महेन्द्रनगरमा

काठमाडौं, २३ माघ । आइएमई जनरल इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले कञ्जनपुरको महेन्द्रनगरमा आज नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वासनिय सेवा प्रदान गर्ने बताए ।

कम्पनीले सोे शाखा सहित मुलुकभरका ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षको माघ २२ गतेसम्ममा करिब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने कूल लगानी १ अर्व ७ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x