Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुरुप बन्दै धनगढीको जोखर ताल

कुरुप बन्दै धनगढीको जोखर ताल

धनगढी, २५ माघ । धनगढी पर्यटकीय क्षेत्र जोखर तालको संरक्षण नहुदा ताल क्षेत्र कुरुप बन्दै गएको छ । तालमा फैलिएको जलकुम्भी हटाउन सम्बन्धीत निकायले पहल नगर्दा ताल लोप हुने सम्भावना समेत बढेको हो ।

धनगढी उप–महानगरपालिकाले गत मंसिर ८ गते जोखर ताल सफाई अभियानको उद्घाटन गर्दै हरेक शनिबार ताल सफाई गरिने घोषणा गरेको थियो तर अभियानले ३÷४ वटा शनिबार सम्म निरन्तरता पाएपनि अहिले सरसफाई अभियान अलपत्र परेको छ ।


यता धनगढी उपमहानगरपालिकाले अहिले भने जाडो मौसक कारण ताल सरसफाई अभियान बन्द गरेको र फागुन देखी सरसफाई अभियान निरन्तरता दिने जनाएको छ । धनगढी उपमहानगरपालिकाले तालको सफाई र ड्याम निर्माणका लागि ठेक्का सम्झौताको तयारी थालिएको जनाएको छ ।

जाखोर तालको संरक्षणका लागि राट्रिपति चुरे कार्यक्रमको ४० लाख र उप–महानगरको १२ लाख गरि ५२ लाख संरक्षणमा ठेक्का मार्फत खर्च गर्ने तयारी गरेको बताउदै नगर प्रमुख नृप वडले प्रदेश सरकाले पनि बजेट विनियोजन गरेको र ३५ करोडको गुरु योजना समेत निर्माण भएको बताए ।

जाखोर ताल झण्डै १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जखोर ताल धनगढी बजार क्षेत्रबाट कम दुरीमा पर्ने पर्यटकिय सम्भावना बोकेको ताल हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x