Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

साता भर नेप्सेमा १ अर्ब २४ करोड ७० लाख भन्दा बढीको कारोबार

साता भर नेप्सेमा १ अर्ब २४ करोड ७० लाख भन्दा बढीको कारोबार

काठमाडौं, २६ माघ । साताको पहिलो दिनको तुलनामा साताको अन्तिम दिन नेप्से परिसुचक १३.४९ अंकले घटेको छ । यस साता जम्मा ५१ लाख ३ हजार ५ सय ९६ कित्ता शेयरहरुको १ अर्ब २४ करोड ७० लाख ५५ हजार रुपैया बराबरमा कारोबार भएको हो ।


नेप्से परिसुचक आइतबार ८.५७ अंकले घटेर १,१५३.०६ विन्दुमा बन्द भएको थियो । सो दिनको कारोबारमा १ सय ६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता शेयर ४१ करोड ५७ लाख ७३ हजार ६०३ रुपैयाँमा कारोबार भएको थियो भने साताको दोस्रो दिन सोमबार नेप्से ८.५ अंकले घटेर १,१४४.२७ को बिन्दुमा ओरालो लागेर कारोबार बन्द भएको थियो । उक्त दिन १ सय ६२ कम्पनीको १२ लाख ९ हजार ८६ कित्ता शेयर खरिदबिक्री हुदाँ ३६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । कारोबारमा भने यो साता सबै भन्दा बढी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ ।


यसैगरि मंगलबार शेयरबजार परिसुचक नेप्से २.८३ अंकले बृद्धि भएर १,१४७.१० अंकमा बन्द भएको थियो भने सो दिन १ सय ६३ कम्पनीका ७ लाख ३६ हजार ७ सय ६९ कित्ता शेयरहरु २३ करोड १० लाख २२ हजार २ सय ३३ रुपैयाँ बराबरमा कारोबार भएको थियो । नेप्से सुचक बुधबार ७.३ अंकले घटेर ११३९.७२ विन्दुमा पुगेको थियो भने उक्त दिन १ सय ६७ कम्पनीका ७ लाख ४६ हजार ९४६ कित्ता शेयर खरिदबिक्री भई २३ करोड ५६ लाख रुपैया भन्दा बढीको कारोबार भएको थियो ।


साताको अन्तिम कारोबार नेप्से सुचक ०.१५ अंकले घटेर ११३९.५७ विन्दुमा पुगेको थियो । विहिबारको कुल १ सय ६४ कम्पनीको ८ लाख ८२ हजार ३०७ कित्ता शेयर खरिदबिक्री भई २५ करोड ७६ लाख ४१ हजार बराबरको कारोबार भएको थियो । यस साता पनि सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x