Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

रोजगारीको हक कार्यान्वयनमा सरकार, फागुन १ मा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिदै

रोजगारीको हक कार्यान्वयनमा सरकार, फागुन १ मा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरिदै

काठमाडौं,२७ माघ । श्रमिकहरुका लागि सामाजिक सुरक्षाका कार्यक्रम घोषणा गरेको सरकारले यही फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको १ बर्ष पुरा हुनै लाग्दा सरकारले अर्को लोकप्रिय कार्यक्रम कार्यान्वयनको घोषणा गर्न लागेको हो । यो कार्यक्रम घोषणा सँगै सरकारले चालु आर्थिक बर्षको नीति कार्यक्रम एव बजेटमा समावेश गरेअनुशार बेरोजगार ब्याक्तीलाई न्यूनतम १०० दिन रोजगारी दिने र दिन नसकेमा निर्वाह भत्ता उपलब्ध गराउने छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा संचालनमा लैजाने यस कार्यक्रमका लागि चाहिने आवश्यक ऐन तथा नियमावली तयार भइसकेको सो मन्त्रालयले जानाएको छ । जसका लागि सरकारले ७५३ स्थानीय तहमा रोजगार संयोजक न्युक्ति प्रक्रियालाई अगाडी बढाइ सकेको छ ।

शुरुमा कार्यक्रम प्रदेश ३ मा लागु गरेर क्रमस अरु प्रदेशमा लागु गर्दै जाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कार्यक्रमका लागि सरकारले चालू आवका लागि ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । रकम विशेष गरेर स्थानीय तहको पूर्वधार विकास एव विकास निर्माणमा लाइने र त्यसमै रोजगारीका अवसरहरु सृजना गरेर कम्तिमा १०० दिनको रोजगारी स्थानीय तहबाट दिलाउने गरी कार्यक्रमहरु अघि बढाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x