Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दोस्रो त्रैमासमा सोल्टी होटलको नाफामा ९७.०७ प्रतिशतको बृद्धि

दोस्रो त्रैमासमा सोल्टी होटलको नाफामा ९७.०७ प्रतिशतको बृद्धि

काठमाडौं, २७ माघ । सोल्टी होटलले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ९७.०७ प्रतिशतले बढाएको छ । होटलले दोस्रो त्रैमास सम्ममा १५ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यहि अवधिमा होटलले ७ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।

समिक्षा अवधिमा होटलको बजार व्यवस्थापन तथा प्रवद्र्धन लगायत स्तरोन्नती कार्य सम्पन्न गरी संचालनमा आएपछि नाफामा सुधार भएको छ । यस त्रैमासको अन्ततिर होटल परिसरमा अत्याधुनिक उपकरण र प्रविधि सहतिको सुविधा सम्पन्न स्पा तथा वेलनेश सेन्टर संचालनमा आएकाले आगामी दिनका होटलको आम्दानी बढ्ने अनुमान गरिएको छ ।

होटलले यस अवधिमा व्यापार–व्यवसाय तथा सेवाको बिक्री मार्फत ८८ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यही अवधिमा ६८ करोड ६३ लाख रुपैयाँ आम्दानी गरको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x