Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, २७ माघ । साताको पहिलो कारोबारको दिन (आइतबार) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.०५ अंकले घटेर १,१२७.५३ बिन्दुमा बन्द भएको छ ।

आइतबार नेप्सेमा कुल १ सय ६० कम्पनीहरुको ७,८२,४७७ कित्ता सेयर खरिद बिक्री हुँदा २३ करोड ५१ लाख ९४ हजार ८ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा माच्छापुच्छ्रे बैंकले अग्रता लिएको छ । बैंकको सो दिनमा १ करोड ४० लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरि विजय लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । संस्थाको प्रतिसेयर मुल्यमा १.७६ प्रतिशतको वृद्धि भएको छ । श्री इन्भेष्टमेन्ट फाइन्नास कम्पनीका लगानीकर्ताले भने सबै भन्दा बढी गुमाएका छन् । कम्पनीको प्रतिसेयर मुल्यमा ५.८८२३५ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये होटल समुह ११.६८ अंकले बढेको छ भने बाँकी सबै समुहको परिसुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x