Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गरि थपिए ६ तारे होटल

‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गरि थपिए ६ तारे होटल

काठमाडौं, २७ माघ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको छ । यसका लागि आवश्यक तयारी सुरु गरिसकेको छ ।

भ्रमण वर्षलाई नै लक्ष्ति गरि होटलहरु थपिने क्रम पनि बढेको छ । पर्यटन विभागका अनुसार अहिले काठमाडौं उपत्यका र बाहिर गरी ६ वटा नयाँ तारे होटलहरु थपिएका छन् । नयाँ थपिएका होटलहरुमा चार तारे २ वटा, तीन तारे २ वटा र एक तारे २ वटा रहेको छ । चार तारे होटलहरु पर्यटकीय नगरी पोखरा र नगरकोटमा खोलिएको छ । पोखरामा होटल सराबर संचालनमा छ भने नगरकोटमा होटल मिष्टिक माउण्टेनले सेवा दिइरहेको छ ।

त्यस्तै यही वर्ष काठमाडौको लाजिम्पाट र गौशलामा तीन तारे नयाँ होटल सञ्चालनमा आएका छन् । काठमाडौंमा नै दुई वटा नयाँ एक तारे होटलहरु पनि सञ्चालनमा आएका छन् । अहिले सञ्चालनमा आएका नयाँ होटलहरुले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई विशेष जोड दिएको बताइएको छ ।

नेपालमा अहिले सम्म पर्यटकीय स्तरका करिब ६ सय ३६ वटा होटल र रेष्टुरेण्टहरु सञ्चालनमा छन् । जसमा ११ वटा पाँच तारे, ८ वटा चार तारे, ३६ वटा तीन तारे, ४३ वटा दुई तारे, ३२ वटा एक तारे छन् । अन्य पर्यटकीय स्तरका ४ सय ९६ होटल र रेष्टुरेण्टहरु सञ्चालनमा छन् ।
नयाँ बनेका होटलहरुले आधुनिकतालाई समेटेको सञ्चालकहरुको दावी छ । नेपालको सैन्दर्य हेर्न आएका पर्यटकहरुलाई नेपाल रहँुन्जेल कुनै कुराको कमि महशुस हुन नदिने होटल सरोबरका सञ्चालक प्रा.डा. भरतराज पहारीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x