Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दुरसंचार सेवा प्रदायकको झण्डै तीन अर्ब बक्यौता उठाउन अर्थ समितिको ताकेता

दुरसंचार सेवा प्रदायकको झण्डै तीन अर्ब बक्यौता उठाउन अर्थ समितिको ताकेता

काठमाडौं,२८ माघ । प्रतिनिधि सभा अन्तर्गत रहेको अर्थ समितिले नेपालमा रहेका दुरसंचार कम्पनीबाट उठाउनुपर्ने सबै बक्यौता रकम  तत्काल उठाउन सरकारलाइ निर्देशन दिएको छ ।  दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट १ महिनाभित्र बक्यौता रकम असूल उपर गरिसक्न भन्दै समितिले त्यसो नभए थप सुविधा र पुँजी वृद्धि लगायतका सेवा विस्तार अनुमति नदिन निर्देशन दिएको छ । तोकिएको समयमा बक्यौता रकम नतिर्ने कम्पनीविरुद्ध कानूनी प्रक्रिया अवलम्बन गरी इजाजत रद्द गर्नेसम्मको कारबाही गर्न समितिले निर्देशन दिएक छ ।

सरकारले विभिन्न ९ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट पुष मसान्तसम्म २ अर्ब ९६ करोड रुपैयाँ असूल उपर गर्न बाँकी छ ।  यसै गरी समितिले निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको पुँजीगत लाभकरको सन्दर्भमा सर्वोच्च अदालतको फैसला यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । एनसेलले कर बापतको ७५ अर्ब रुपैयाँ तिर्नु पर्ने छ । यसैगरी स्पाइस नेपाल प्रालि स्थापनादेखि १२ औं पटकको सेयर हस्तान्तरण सम्मको विवरण, सेयर हस्तारन्तरणमा पुँजीगत लाभकर असूल भए/नभएको विवरण र सर्वोच्च अदालतबाट मुद्दा फैसला हुँदा सम्मका सबै निर्णय निर्णयमा समलग्न पदाधिकारी सवै विवरण ७ दिनभित्र समितिमा पेश गर्न अर्थ, सञ्चार लगायता सरोकार वाला मन्त्रालयलाइ भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x