Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैदेशिक रोजगार विभागको कालो सूचीमा मलेसियन कम्पनी बढी

बैदेशिक रोजगार विभागको कालो सूचीमा मलेसियन कम्पनी बढी

काठमाडौं,२८ माघ ।  बैदेशिक रोजगार विभागले कालो सूचीमा राखेका कम्पनीहरु मध्ये सवैभन्दा धेरै मलेसियन कम्पनी रहेका छन् । विभागले ७७ वटा विदेशी कम्पनीलाई कालो सूचीमा राखेको छ । जसमध्ये मलेसियाका मात्र ५२ कम्पनस् कालो सुचीमा रहेका छन् । यसै गरी कालो सुचीमा पर्नेमा सयुक्त अरव ईमिरेट यूएईका ६, साउदी अरबका ५ र कतारका ४  कम्पनी रहेका छन् ।

विभागले कालोसूचिमा परेका कम्पनीमा कामदार पठाउन समेत रोक लगाएको छ । कामदारलाई सम्झौताअनुसार सेवासुविधा नदिएको भन्दै परेको उजुरी र म्यानपावर व्यवसायीको आग्रहमा  ती कम्पनीहरुलाए कालो सुचीमा राखिएको विभागले जनाएको छ ।

मलेसिया रोजगारीका नाममा विभिन्न अवैधानिक संस्थाले अवैधरूपमा कामदारबाट मोटो रकम असुल्न थालेपछि सरकारले केही महिनादेखि मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको छ । मन्त्रालयले मलेसिया रोजगारीका नाममा अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्था खारेजी गर्ने निर्णय गरे पनि ती संस्थाले कामदारमाथि थप आर्थिक भार पार्न नरोकेपछि सरकारले मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको हो ।

वैदेशिक रोजगार विभागकाअनुसार मलेसियामा ६ लाख नेपाली कामदार छन् । नेपाल भित्रिने कुल रेमिटमध्ये ३०  प्रतिशतभन्दा बढी मलेसियाबाट प्राप्त हुने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x