Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंक अफ काठमान्डूको नाफा ७३ करोड ७५ लाख

बैंक अफ काठमान्डूको नाफा ७३ करोड ७५ लाख

काठमाडौं, २८ माघ । बैंक अफ काठमान्डू लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको गत वर्षको यही अवधिको तुलनामा खुद नाफा रकम ३३.७१ प्रतिशतले बढी हो ।

बैंकको वितरण योग्य नाफा ६६ करोड ७३ लाख रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि बृद्धि गरी १ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि १ अर्ब ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।

हालसम्म ८० अर्ब २१ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी बैंकले ७३ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x