Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुन तोलाको ६२ हजार रुपैयाँमा कारोबार

सुन तोलाको ६२ हजार रुपैयाँमा कारोबार

काठमाडौं, २८ माघ । साताको दोस्रो दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य १ सय
रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ६२ हजार १ सय रुपौयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गएको सोमबार सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो सात दिनमा प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि एक सातामा ५ रुपौयाँले घटेको छ । गएको सोमबार प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको सोमबार भने प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x