Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुञ्चुरी कमर्सियल बैंकद्वारा रुपन्देहीको मर्चवार आर्दश माविका विद्यार्थीलाई ब्याग प्रदान

सुञ्चुरी कमर्सियल बैंकद्वारा रुपन्देहीको मर्चवार आर्दश माविका विद्यार्थीलाई ब्याग प्रदान

काठमाडौं, २८ माघ । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देहीको एक विद्यालयलाई २ सय ९५ थान ब्याग प्रदान गरेको छ । रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आदर्श मावि मझगावां, विद्यालयलाई बैंकले श्रीपञ्चमीको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ब्याग प्रदान गरेको हो ।

भैरहवा शाखाका क्षेत्रीय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समितिका अध्यक्ष मुवारक अलीको उपस्थितीमा विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण गरेका थिए ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाबाट सेवा प्रदान गर्दै आएको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकले उपत्यका बाहिर ९६ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x