Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

स्ट्याण्डर्ड च्यार्टर्ड बैंकको नाफा घट्दो

स्ट्याण्डर्ड च्यार्टर्ड बैंकको नाफा घट्दो

काठमाडौं, २९ माघ । स्ट्याण्डर्ड च्यार्टर्ड बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६.७९ प्रतिशतले मात्र नाफा बढाउन सफल भएको छ । गतआर्थिक बर्षको सोहि अवधीमा बैंकले १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा यो बर्षको दोस्रो त्रैमासमा १ अर्ब ७ करोड २५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यस्तै बैंकले चालु आर्थिक बर्षको ६ महिनामा करिब १ अर्ब स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४ प्रतिशत मात्र नाफा वृद्धि गरी स्वतन्त्र नाफा ९९ करोड ८१ लाख कायम गरेको हो ।

बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ । खुद ब्याज आम्दानी २.३०५ ले बढाएर १ अर्ब ६५ करोड १८ लाख ५२ हजार रुपैयाँ पु¥याएको हो । गत वर्ष बैंकले १ अर्ब ६१ करोड ४५ हजार ६३ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, यस अवधिमा बैंकले ६.७९५ ले सञ्चालन नाफा बढाएर १ अर्ब ६३ करोड ६२ लाख ८ हजार रुपैयाँ पु¥याएको छ । गत वर्ष बैंकको सञ्चालन नाफा १ अर्ब ५३ करोड २२ लाख १ हजार रुपैयाँ रहेको थियो ।

हाल ८ अर्ब ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले गत बर्षको तुलनामा निक्षेप संकलन घटाएको छ । बैंकले चाल आर्थिक बर्षको दोस्रो त्रैमासमा ६५ अर्ब ९८ करोड ४१ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधीमा बैंकले ६६ अर्ब ७ करोड २२ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले यो बर्षको दोस्रो त्रैमासमा ५० अर्ब ९६ करोड ८६ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत बर्ष सोहि अवधीमा बैंकले ४२ अर्ब ९७ करोड ६५ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x