Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विभिन्न देशका नेपाली राजदुतको प्रतिवद्धता ‘साना उद्योगीका उत्पादनको बजारिकणमा सघाउछौं ’

विभिन्न देशका नेपाली राजदुतको प्रतिवद्धता ‘साना उद्योगीका उत्पादनको बजारिकणमा सघाउछौं ’

काठमाडौं, १ फागुन । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय बजारिकणमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका लागि नियुक्त गरेका नवनियुक्त राजदूतरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने बताए ।

नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाल, युएन जेनेभाका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा साना उद्योगहरुको योग्दानलाई बिर्सन नहुने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारको ‘सुखी नेपाली – समृद्ध नेपाल’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको बताए । कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान मध्ये ९० प्रतिशत हिस्सा साना उद्योगहरुको रहेको जानकारी दिंदै उनले कूल औद्योगिक रोजगारीको ७५ प्रतिशत रोजगारी र कूल औद्योगिक निर्यातको ८० प्रतिशत निर्यात यसै क्षेत्रबाट भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x