Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एसोसिएसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपाल गठन

एसोसिएसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपाल गठन

काठमाण्डौं, १ फागुन । नेपालका समग्र वित्तिय विश्लेषकहरुको संस्था एसोसिएसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको गठन गरिएको छ । संस्थाको उद्घाटन क्रियाशिल चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको सम्मेलनको अवसर पारेर फागुन ३ गते (शुक्रबार) काठमाण्डौमा हुने छ ।

सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सकृय स्वदेशी तथा विदेशी विज्ञहरु, अध्ययरत विद्यार्थीहरु, सम्बन्धित नियामक निकाय धितोपत्र बोर्ड सहित बीमा, बैकिङ, मर्चेण्ट बैकिङ क्षेत्रका प्रतिनीधिहरुको सहभागिता रहनेछ । सम्मेलनमा १ सय ३० जना सहभागी रहने जनाइएको छ ।
नेपालमा समग्र सामाजिक हितको लगानी र पुँजी बजारमा नैतिक व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उद्धेश्यले संस्था स्थापना गरिएको बताइएको छ ।

एशोसियसनका अध्यक्ष डा. मनोज शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तिय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरु बढाउने बताए । हाल यसमा सीएफए पूरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३ सय १७ विद्यार्थी अध्ययरत छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x