Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय बीमा कम्पनीको आम्दानीमा ५४.७९ प्रतिशतले कमि

राष्ट्रिय बीमा कम्पनीको आम्दानीमा ५४.७९ प्रतिशतले कमि

काठमाडौं, १ फागुन । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ५४.७९ प्रतिशतले कम हो । गत वर्षमा ३७ करोड २५ लाख रुपैयाँ रहेको खुद नाफा कमाएको थियो ।

कम्पनीले कर्जा तथा अन्य लगानीबाट गत वर्ष ४२ करोड ४८ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर यस्तो आम्दानी अहिले १३ करोड २८ लाख ४८ हजार रुपैयाँ मात्र गरेको छ । त्यस्तै आयकरमा ५७ लाख २९ हजार रुपैयाँ मात्र खर्च गरेकोमा अहिले आयकरका लागि ७ करोड ७४ लाख ६३ हजार रुपैयाँ व्यवस्था गरेको छ ।

कम्पनीले २५ करोड ६७ लाख २५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट १२ करोड ६४ लाख २९ हजार रुपैयाँ आम्दानी भएको छ । कम्पनीले यो अवधीमा ४ करोड ४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको पनि कम्पनीले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x