Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

६ महिनामा ७ खर्व २३ अर्वको बस्तु आयात, निर्यात भने ४५ अर्वको मात्र

६ महिनामा ७ खर्व २३ अर्वको बस्तु आयात, निर्यात भने ४५ अर्वको मात्र

काठमाडौं, १ फागुन । चालु आर्थिक वर्षकोे ६ महिनामा ७ खर्व २३ अर्ब ९४ करोड रुपैयाँको बस्तु आयत भएको छ । बस्तु आयात ३०.५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.४ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट २८.७ प्रतिशत, चीनबाट ४२.९ प्रतिशत र अन्य मुलुकबाट २८.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनीक गरेको तथ्यांकमा उल्लेख छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

त्यस्तै ६ महिनामा कुल वस्तु निर्यात भने ४५ अर्ब ४१ करोड रुपैयाँको भएको छ । बस्तु निर्यात १०.१३ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.४ प्रतिशत र अन्य मुलुकतर्फ २.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २९.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधीका सामान लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x