Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सबै नेपाली सेयरधनी बनाउन जनताको जलविद्युत आयोजना

सबै नेपाली सेयरधनी बनाउन  जनताको जलविद्युत आयोजना

काठमाडौ,२ फागुन । सरकारले सवै शेयर नेपालीलाई शेयर धनी बनाउने लक्ष्य सहित ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ गर्देछ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनताको पानि जनताको लगानी सवै नेपाली शेयर धनी नारा सहित घोषणा गर्न लागेको कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५–०७६ को बजेट वक्तव्यमा जनताको सहभागितामा करिब ३ हजार मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने अभियान सुरु गर्ने उर्जामन्त्री बर्षमान पुनले जानकारी दिए ।  

 कार्यक्रम सुरुभएसंगै सरकारले जनतालाई सेयर लगानीको अवसर दिएर जलविद्युत आयोजना निर्माण गर्नेछ । ३ करोड जनतालाई नै जलविद्युतमा लगानीको अवसर दिएर मुलुकको आर्थिक समृद्धि गर्ने योजना अघि सारेको मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x