Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआइसी एशियाको विप्रेषण कारोबारमा नयाँ अफर

एनआइसी एशियाको विप्रेषण कारोबारमा नयाँ अफर

काठमाडौं, २ फागुन । एनआईसी एशिया बैंक लिमिटेडको ‘एनआईसी एशिया रेमिट’ मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्काे विप्रेषण कारोबार निःशुल्क गर्न पाउने भएका छन् । स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरुलाई उच्चतम सेवा दिने उद्देश्यका साथ यो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

यो योजना फाल्गुण र चैत्र महिनाका लागि मात्र भएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यस अवधिमा बैंकका ग्राहक तथा कुनै पनि व्यक्तिले एनआईसी एशिया रेमिट मार्फत नेपालभरीका जुनसुकै ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्न सक्ने छन् । यो रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युन शुल्क लाग्ने भएकाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक बढि लाभान्वित हुने विश्वास बैंकको छ ।

एनआईसी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम बैंकको देशभरका २ सय ७६ शाखा कार्यालय, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई र ६ हजार ७ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x