Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर पाल्पामा

जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर पाल्पामा

काठमाडौं, २ फागुन । जनता बैंक नेपाल लिमिटेडले नयाँ एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले पाल्पाको रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुरु गरेको हो ।

यो एक्स्टेन्सन काउन्टर सुरुवात गरेसँगै सीमित बैंकिङ इकाईलाई बैंकले शाखामा रुपान्तरण गरेको छ । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिने पनि जनाएको छ । साथै सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यो शाखाको सुभारम्भ भएसँगै बंैकको पूर्व मेची देखि पश्चिम महाकाली सम्म ७ वटै प्रदेशमा १ सय २८ शाखा, ५० शाखा रहित बैंकिङ केन्द्र, ७९ एटिएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x