Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५२१ स्थानीय तहमा रोजगार संयोजक छनोट

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५२१ स्थानीय तहमा रोजगार संयोजक छनोट

काठमाडौं,१४ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ५२१ रोजगार संयोजकको छनोट गरेको छ ।

कूल ७५३ स्थानीय तहका लागि भनेर रोजगार संयोजक छनोट गर्ने गरी प्रक्रिया अघि बढाइए पनि २३२ उम्मेदवारले तोकिएको अङ्क ल्याउन नसकेपछि जम्म ५५१ स्थानीयय  तहमा मात्र रोजगार संयोजक छनोट भएका हुन ।मन्त्रालयले योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निश्पक्ष र पारदर्शी ढङ्गबाट भर्ना गर्नका लागि नेपालमै पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरेको थियो ।

छनोट भएका रोजगार संयोजकालाई स्थानीय तहसँग समन्वय गरी काममा लगाइने छ भनेपदपूर्ति हुन बाँकी रहेका रोजगार संयोजकका हकमा केही दिनभित्र निर्णय लिइने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहाले जानकारी बताए  । यस्तै गरी समायोजन पश्चात  फाजिलमा रहेका नेपाल सरकारका कर्मचारीलाई नै जिम्मेवारी विषयम मन्त्रालयले समान्य प्रशासन मन्त्रालयसँग कुराकानी गरिरहेको छ ।

रोजगार संयोजक पदपूर्तिका लागि गत माघ ४ देखि १८ गतेसम्म अनलाइनमार्फत आवेदन माग गरिएको थियो । सो अवधिमा प्राप्त भएका २३ हजार ९८६ आवेदन दिएका थिए ।


अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x