Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआइसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङमा

एनआइसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङमा

काठमाडौं, १४ फागुन । सेवा विस्तारमा आक्रामक रुपमा अघि बढेको एनआइसी एशिया बैंकले पोखरामा अर्को शाखा पनि थपेको छ । बैंकले पोखराको पस्र्याङमा नयाँ शाखा विस्तार गरेको हो ।

उक्त शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका हुन् । उक्त अवसरमा बोल्दै मेयर जिसीले बैंकहरु नाफा भन्दा सेवामुखी हुनुपर्ने धारणा राखे । उनले दुर्गम तथा ग्रामीण भेगमा समेत बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो उपस्थिति सबल बनाउदै जानुपर्ने बताए । निजी क्षेत्रको सबै भन्दा ठूलो बैंक बनेको एनआइसी एसियाले देशभर हालसम्म २ सय ७७ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ ।


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर दुई सय ७७ शाखा कार्यालयहरु, दुई सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार २ सय १५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक सय ७१ अर्ब तथा कर्जा एक सय ४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x