Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एचआरमिट २०१९ फागुन ३० देखि

एचआरमिट २०१९ फागुन ३० देखि

काठमाडौं, १५ फागुन । ग्रोथ सेलर्सले मानव संशाधन सम्मेलनको १२ औं संकरण एचआरमिट २०१९ आयोजना गर्ने भएको छ । मानव संशाधन तथा पुँजीलाई विकसित गर्न तथा सशक्तिकरण गर्ने लक्ष्य सहित फागुन ३० देखि सम्मेलन आयोजना गर्न लागेको हो ।

दुई दिने उक्त सम्मेलनमा, मानव संशाधनका विषयमा ख्याति प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने छन् । इकमएक्स्प्रेस प्रालिका वरिष्ठ उपाध्यक्ष तथा मानव संशाधन अधिकृत सौरभ दिप सिङ्गला सम्मेलनका प्रमुख वक्ता रहने जनाइएको छ ।

३ सय भन्दा बढी मानव संशाधन पेसाकर्मीहरुलाई लक्षित गरिएको सो सम्मेलनको प्रमुख आर्कषणमा प्रमुख कार्यकारी अधिकृतहरु तथा मानव संसाधन विज्ञहरु बीच लागानी, रोजगारी र सीप तथा तालिम र प्रविधिको प्रयोग र त्यसको विकासका बिषयमा विभिन्न सत्रहरुमा छलफल हुने जनाईएको छ ।

मानव संसाधन आयोजकले २००८ देखि मानव संसाधन भेला आयोजना गरिरहेका गरिरहेको छ । मानव संसाधन आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रालिका प्रबन्ध निर्देशक मोहन ओझाले मानव संशाधनलाई सुदृढ गर्न, सशक्तीकरण गर्न तथा अझ सुसज्जित गर्न सम्मेलन आयोजना गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x