Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनमत सग्रहका लागि सरकार तयार भएको हो त ! यस्तो छ सिके राउत सँग भएको सहमति

जनमत सग्रहका लागि सरकार तयार भएको हो त ! यस्तो छ सिके राउत सँग भएको सहमति

काठमाडौं, २४ फागुन । राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका डा सीके राउतलाई सर्वोच्च अदालतले तारेखमा भोलि पल्ट सरकार र राउत नेतृत्व गठनवन्धन बीच राजनीतिक सहमती भएको छ । सहमती सँगै स्वतन्त्र मधेश गठवन्धन खुला राजनीतिको मुलधारमा प्रवेश गरेको छ । यस्तै संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा देशको स्वतन्त्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्न प्रतिवद्धता जनाएको छ ।

नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न अभिभाज्य राष्ट्र हो । राष्ट्रको स्वतन्त्रता, स्वाधिनता सर्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने विषय सहमतीको पहिलो बुँदामा समेटिएको छ।यस्तै राजनीतिक, सामाजिक आर्थिक लगायतका उदेश्य प्राप्तिका लागि जन अभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने सहमती बनेको छ । जनअभिमतलाइ सिके गठवन्धले जनमतसंग्रहको रुपमा अर्थाएको छ । यता सरकारले भने त्यो नभएको निर्वाचनको माध्यमबाट संविधान संशोधन गर्न सकिने भनेर अर्थाएको छ । यस्तै सहमतीमा सामाजिक न्याय र सदभावलाई साझा उदेश्यको रुपमा ग्रहण गर्दै समग्र देशमा शुशासन कायम गर्न समनतामा र समाजबाद तर्फ अग्रसर हुने प्रतिवद्धता सहमतीमा जनाइएको जनाइएको छ ।

यसैगरी स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राज्य विरुद्धका अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दा फिर्ता लिने र हिरासतमा रहेका सम्पूर्ण नेता कार्यकर्तालाई निशर्त रिहाइ गर्न सरकार सहमत भएको छ ।प्रहरी हिरासतमा मृत्यु भएका परिवारका सदस्यलाई क्षतिपुर्ति दिने परिवारका सदस्यलाई रोजगारको ब्यवस्था गर्ने र घाइतेहरुको उपचारको जिम्मा सरकारले लिने सहमती बनेको छ ।सहमति अनुसार, राउत र उनका कार्यकर्ताले स्वतन्त्र मधेसको नाममा पम्पलेट छाप्नेछैनन् । भने गठवन्धलाई मुलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन ।

शुक्रबार बाटै लागु हुने उक्त ११ बुँदे सहमति पत्रमा सरकारका गृहमन्त्री राम बहादुर थापा बादल गठवन्धका संयोजक डाक्टर सि के राउतले हस्ताक्षर गर्नु भएको छ ।सर्वोच्च अदालतको आदेशपछि बिहीवार साँझ मात्र सीके राउत केन्द्रीय कारागार काठमाण्डूबाट तरेखमा रिहा भएका थिए

यस्तो छ सहमतिको पूर्ण पाठ

१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो। नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो।

२) राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्येश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराइमधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं।

३) लोकतन्त्रमा मतभेदहरु हुन सक्छन्। तर, तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ। त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्ने मान्यतामा दृढ छौं।

४) सामाजिक न्याय, समानता र सदभाव हाम्रो साझा उद्धेश्य हो। हामी तराइमधेश लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याएर तराइमधेश लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिबद्ध छौं। त्यसैगरी, संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वसानको अधिकारलाई आत्मसात गर्न र तराइमधेश लगायत समग्र देशमा शुसासन कायम गर्दै समनता र समाजवाद कायम गर्न प्रतिबद्ध छौं।

५) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुलगायतमाथि लगाइएका राज्य विरुद्धका अपराध लगायत सबै राजनीतिक मुद्धाहरु फिर्ता लिइनेछ। कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त रिहा गरिने छ।

६) स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता कार्यकर्ताहरुद्वारा यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामग्रीहरु उत्पादन र वितरण गरिने छैन।

७) स्वतन्त्र मधेश गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन। र, त्यस्ता अधिकार प्रयोग गरेबापत राज्यद्वारा कुनै किसिमको कारबाही गरिनेछैन।

८) २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ।

९) स्वतन्त्र मधेश गठबन्धनको आयोजनमा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने छ।

१०) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराइमधेश लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवम लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्न र सरकारका तर्फबाट स्वतन्त्र मधेश गठबन्धनलाई एक लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्न सहमत भएका छौं।

११) यो सहमति आजैका मितिबाट लागु हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x