Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बुद्ध एयरले थप एक नयाँ जहाज खरिद गर्ने

बुद्ध एयरले थप एक नयाँ जहाज खरिद गर्ने

काठमाडौ., २६ फागुन । बुद्ध एयरले एटीआर कम्पनीको दशौं जहाज चैत पहिलो साता नेपाल भित्र्याउने भएको छ । फ्रान्स र इटालीको लगानी रहेको एटीआरका नौवटा जहाज बुद्ध एयरले सञ्चालन गर्दै आएको छ ।

नयाँ आउने जहाज ७२ सिट क्षमताको हुने छ । त्यसको मुल्य १ अर्ब रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । उक्त जहाजले ९ एन–एएमवाई कलसाइन पाएको छ । नयाँ जहाज ल्याउन कम्पनीका केही पदाधिकारी फ्रान्सको टुलुज शहर गइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x