Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाली कामदारको कोटा बढाउँदै कोरिया, २०१९ का लागि १० हजार बढी कामदारको माग

नेपाली कामदारको कोटा बढाउँदै कोरिया, २०१९ का लागि १० हजार बढी कामदारको माग

काठमाडौं, २७ फागुन । सन २००८ यता रोजगार अनुमति प्रणाली मार्फत नेपाली कामदार लगिरहेको दक्षिण कोरियाले  नेपाली कामदारहरुको माग बढाउदै लगेको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो ।

सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ ।

यसै बीच इपिएस शाखाले दक्षिण काेरिया जान लिइने भाषा परीक्षाकाे मिति ताेकिएकाे छ। भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने भएकाे छ ।

परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ। फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएकाे छ।

हाल काेरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेकाे इपिएस काेरिया शाखाले जनाएकाे छ। काेरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्य देश मानिन्छ। काेरियामा प्रत्येक नेपालीले मासिक १ लाखभन्दा बढी रुपैयाँ कमाउँछन्।

कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार कोरिया भित्राउने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x