Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटक आगमन बृद्धि, दुई महिनामा दुईलाख पर्यटक

पर्यटक आगमन बृद्धि, दुई महिनामा दुईलाख पर्यटक

काठमाडौँ, २८ फागुन । पछिल्ला महिनाहरूमा पर्यटन आगमन उल्लेख्य बृद्धि हुँदै गएकाे छ । सन् २०१९ को दुई महीनामै दुई लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ बाह्य पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरीमा ९१ हजार ७९३ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका छन् । फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या ९२.५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५.३ प्रतिशतले मात्रै बढेको छ ।

युरोपियन मुलुक, बेलायत, जर्मनी र फ्रान्सबाट नेपाल आउनको सङ्ख्या क्रमशः ८.७, २७.९ र ७.६ प्रतिशतले बढेको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ । सो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न तीव्र्र रुपमा काम अगाडि बढाएको बताएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x