Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जलविद्युतमा जनताको सेयर लगानीमा, आवेदन शुन्य

जलविद्युतमा जनताको सेयर लगानीमा, आवेदन शुन्य

काठमाडौं, २९ फागुन । सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नाराका साथ जनताको जलविद्युत अयोजना निर्माणको काम अघि बढाएको छ। त्यसका लागि सरकारले धितोपत्र बोर्ड मार्फत नयाँ नियमावली पास गरि छुट्टै कानुन निमार्ण गरि सेयर निष्काशन गर्ने तयारी गरेको हो । आन्तरिक रुपमा नै लगानी उठाउन सकिने भएको हुदाँ सरकारले आयोजनामा इच्छुकहरुका लागि सेयर निष्काशन गर्न लागेको उर्जा मन्त्रालयका प्रवक्ता प्रविण राज अर्यालले बताए ।

सरकारले आगामी १० बर्ष भित्रमा १० हजार मेघावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । जसमा विभिन्न प्रदेशहरुमा १९ वटा आयोजना निमार्णको कार्य ढाँचा निमार्णको प्रक्रियामा रहेको प्रवक्ता अर्यालको बताए । निमार्ण गरिने १९ वटा आयोजनाको ५ बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि सरकारले ६ खर्ब ९५ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जसबाट ३ हजार ४ सय ७९ मेघावट विद्युत उत्पादन हुने मन्त्रालयले जनाएको छ ।

ती आयोजनाहरुमा लगानीका लागि अर्थ मन्त्रालयको निर्देशनमा बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा संशोधन गरि सेयर बिक्री आवेदन पनि खुल्ला गरेको छ । तर हाल सम्म कुनै पनि संघ सस्था वा व्यक्तिहरुबाट सेयर लगानीका लागि आवेदन नआएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । आयोजनाहरु मध्ये त्रिशुली थ्रि बी सम्पुर्ण काम सकिएको जानकारी बोर्डमा भएको र त्यसको संस्थागत सेयर लगानीको आवेदन आउने मन्त्रालयले भनेको भएता पनि हाल सम्म बोर्डमा कुनै पनि आवेदन प्राप्त नभएको उनले बताए । तोकिएका आयोजनामा सेयर लगानी गर्न इच्छुक ब्यक्ति वा संस्थाहरुले आस्वा प्रणाली अनुसार सेयर आवेदन पर्छ । साथै हरेक कम्पनीको छुट्टाछुट्टै सेयर निष्काशन र आवेदन हुनु पर्ने प्रवक्ता गिरीले बताए ।

१९ वटा आयोजनामा ५१ प्रतिशत सरकार र सम्वन्धीत निकायहरुको र ४९ प्रतिशत जनताको लगानी रहनेछ । त्यसमा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी रहने उर्जा मन्त्रालयका प्रवक्ता अर्यालले बताए । ऋण रकम कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाल दुरसञ्चार, राष्ट्रिय बीमा संस्थान, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको कल्याणकारी कोषबाट जुटाउने योजना रहेको उर्जा मन्त्रालयले जनाएको छ ।
१९ वटा आयोजनाहरुमा प्रदेश १ मा अपर अरुण ७२५ मेगावाट, किमाथांका अरुण ४८२, अरुण–४ ३७२ मेगावाट, इखुवा ३० मेगावाट घुन्सा खोला ७२ मेगावाट, सिम्बुवा खोला ७० मेगावाट गरिएका छन् । यस्तै प्रदेश ३ बाट तामाकोशी–५ ९६ मेगावाट र त्रिशुली–थ्रिबी ३६ मेगावाट रहेका छन् भने गण्डकी प्रदेश बुढीगण्डकी प्रोक–२ २४० मेगावाट, बुढीगण्डकी प्रोक–१ १०० मेगावाट, बुढीगण्डकी ग्वारखोला ६० मेगावाट र बुढीगण्डकी क ७५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसैगरि प्रदेश नम्बर ५ बाट भेरी बबई डाईभर्सन ४८ मेगावाटको जम्मा एउटा आयोजना छ भने कर्णाली प्रदेशबाट फुकोट कर्णाली ४९२ मेगावाट जगदुल्ला–१ ९२ मेगावाट, जगदुल्ला–२ ६५ मेगावाट तथा सुदूरपश्चिम प्रदेशबाट चैनपुर सेती २१० मेगावाट, सेती नदी–३ १६३ मेगावाट र अपर सेती ५० मेगावाट समावेश छन् । समावेश गरिएका १९ आयोजनाहरु मध्ये त्रिशुली–थ्रि बी निमार्णको अन्तिम चरणमा रहेको र केही दिन भित्रमा नै कार्य सम्पन्न गरिने अर्यालले जानकारी दिए । मुलुकको आर्थिक वृद्धिका लागि छरिएर रहेको पुँजी ठूला जलविद्युत परियोजनामा लगानी गरिनुपर्ने उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x