Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजस्व सचिव र सेयर लगानीकर्ता बीच छलफल, पुँजी बजारको समस्या हल गर्ने आश्वासन

राजस्व सचिव र सेयर लगानीकर्ता बीच छलफल, पुँजी बजारको समस्या हल गर्ने आश्वासन

काठमाडौं, २९ फागुन । पुँजी बजारमा देखिएका समस्या सुल्झाउन सरकार र सेयर लगानीकर्ताहरुबीच छलफल भएको छ । बजार सुधारको माग गर्दै आन्दोलरत लगानीकर्ता संघका पदाधिकारीहरुसँग अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले आज छलफल गरेका हुन ।

छलफलमा नेपाल इन्भेस्र्टर फोरम, सेयर लगानीकर्ता संघ, नेपाल लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधि सहभागी थिए । अर्थ मन्त्रीको राजीनामा माग गर्ने आएका दवाब समुहका लगानीकर्ताहरु भने सहभागी भएनन् । लगानीकर्ताहरुले राजस्व सचिवलाई स्वचालिन अनलाईन प्रणालीमा उत्पन्न समस्या, प्यान लागु गर्न, बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स र लगानीकर्ताहरुको ५८ बुँदे मागका बारेमा जानकारी गराएका थिएका सहभागिहरुले बताएका छन् ।


लगानीकर्ताहरुको समस्या सुनेपछि सचिव घिमिरेले भोलि नै नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ्गका प्रतिनिधिहरुसँग बैंठक गरि समस्याको समाधान खोज्ने आश्वासन दिएको लगानीकर्ताहरुले बताए ।


नेप्सेले आगामी बैशाख १ गते देखी स्थायीलेखा नम्बर (प्यान) लागु गर्न पर्ने निर्देशन दिएको छ । प्यान प्रणाली लागु गर्दा नेप्सेले सेयर खरिद गर्दामात्र प्रणाली लागु हुने तर बिक्री गर्दा सो प्रणाली लागु नहुने नियमन गरेको भन्दै पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले नेप्सेले खरिद र बिक्री दुबैमा प्यान प्रणाली लागु गर्नु पर्ने बताईन् । प्यान प्रणालीमा आवद्ध हुनलाई सबै स्तरका लगानीकर्ताहरुलाई गाह्रो हुने भन्दै त्यसको समयसिमा थप गर्नुपर्ने उनको माग थियो ।


छलफमा सहभागि लगानीकर्ता नेपाल इन्भेस्र्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले दवाब समुहले सेयर बजारको सुधारको बहाना गर्दै राजनीति चलखेलगर्न खोजेको आरोप लगाए । ‘पुँजी बजारमा के कारणले गर्दा समस्या आएको हो त्यो सुधार गर्नु पर्छ’ उनले भने, ‘अर्थमन्त्रीको राजीनामाले केही हुदैन, भोलि अर्को मन्त्री आउदा चाहि सेयर बजार बुझेको अर्थमन्त्री नै आउछन् भन्ने छैन । बजारका सुचकहरु र सेयर बजारका नियमनहरु र लगानीकर्ताहरुको कारणले बजारमा समस्या छ, सेयर बजारको नाममा राजनीति गर्न हुदैन । लगानीकर्ताहरुले बजारको समस्यामा राजनैतिक भन्दा प्रविधिक समाधान खोज्नु आवश्यक रहेको छ ।’

उत्ता, यसै साताको पहिलो कारोबार (आइतबार) का दिन नेप्सेको प्रणालीमा समस्या आउदा पुरा दिन कारोबार भएको थिएन । विगतमा पनि प्रणालीमा समस्या आउदा ३ बजे पछि पनि कारोबार खुल्ला गराउने भएपनि सो दिन भने ३ बजे नै बजार बन्द गराएको भन्दै त्यसमा पनि लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x