Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंकर्स र एफएनसीसीआईको वार्तामा ब्याजदर सम्बन्धी कुनै सहमति भएको छैन – भिम घिमिरे

बैंकर्स र एफएनसीसीआईको वार्तामा ब्याजदर सम्बन्धी कुनै सहमति भएको छैन – भिम घिमिरे

काठमाडौं, २९ फागुन । केही दिन अगाडी उद्योग बाणिज्य महासंघ र बैंकर्स संघबीच भएको ब्याजदर सम्बन्धी सहमतीलाई केही व्यवसायीहरुले अवज्ञा गरेका छन् । बैंक ब्याजदर सम्बन्धी असन्तुष्ट व्यक्त गर्दै आन्दोलन गरेका उद्योग संगठन मोरङ्गका अध्यक्ष भिम घिमिरेले बैकर्स र नीजि क्षेत्र बीचको समस्याहरुको पुर्ण समधान अझै ननिस्किएको बताए ।

बैंकहरुले आफुखुसी चर्को ब्याजदर लिएको भन्दै देशव्यापी रुपमा नीजि क्षेत्रका व्यवसायी संघ संगठनहरुले आन्दोलन गरेपछि नेपाल राष्ट्र बैंकले अर्धबार्षिक मौद्रिक नीति समिक्षा मार्फत केही वित्तिय नीतिहरु संसोधन गरेको थियो । तर बैंकर्सहरुले राष्ट्र बैंकद्धारा संसोधित नियम लागु गरेको छैन् । सोहि कारण व्यवसायीको आन्दोलन जारी नै थियो । आइतबार महासंघ र बैकर्स संघका प्रतिनिधिहरुबीच भेटवार्ता भयो । उक्त भेटवार्तामा ब्याजदर र सेवा शुल्क सम्बन्धी केही सहमति भएको बैकर्स संघले जनाएको थियो ।


वित्तिय बजारमा अब बैंक ब्याजदर घट्ने चर्चा चलिरहन्दा आन्दोलनका अगुवाई घिमिरेले भने बैकर्स संघ र एफएनसीसीआई बीच औपचारीक रुपमा वार्ता नभएको बताएका छन् । उनी भन्छन् – हामीलाई त अध्यक्ष ज्युले त्यो वार्ता साधारण भेटघाट हो मात्रै भन्नु भएको छ । उहाँलाई बैकर्स संघका मान्छे भेट्न आउछु भन्नु भयो रे त्यही भएर साधारण भेटघाट मात्र गरेको हामी बीच कुनै सहमती भएको छैन भन्नु भएको छ ।


समृद्ध नेपाल हुनका लागि अहिलेको समस्या समाधान हुनै पर्ने तर सरकारले बैंकर्सहरुलाई प्रसय दिएको उनको भनाई छ । हाल जति पनि समस्या छ त्यसमा सरकारले हस्तक्षेप गर्नै पर्छ उनले भने – बैंकलाई लिमिट नाफा कमाउने अवसर दिन प¥यो, १०० प्रतिशत नै होइन ६० प्रतिशत सम्ममा सिमित गर्नु पर्छ । सरकारको नीति कानुन बैंकर्स होस या उद्योगी व्यवसायी सबैले मान्नु पर्छ । त्यस कारण पनि सरकारले वित्तिय क्षेत्रमा हस्तक्षेप गरि दरिलो कानुन बनाउन आवश्यक रहेको उनको बुझाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x