Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन्राईज बैंकको चितवन रत्नगरको शाखा स्थानान्तरण

सन्राईज बैंकको चितवन रत्नगरको शाखा स्थानान्तरण

काठमाडौं, ३० फागुन । सन्राइज बैंकले चितवनको रत्ननगर नगरपालिका वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मिटरको दुरीमा स्थान्तरण गरेको छ । एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो १ सय ३ वटा शाखा, १ सय १८ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x