Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिराहामा कामना सेवा बैंकको दुई शाखा

सिराहामा कामना सेवा बैंकको दुई शाखा

काठमाडौं, ३० फागुन । कामना सेवा विकास बैंकले सिराहा जिल्लाको लहान नगरपालिका र गोलबजार नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा सो शाखाबाट कारोबार शुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी २ शाखा समेत गरी प्रदेश नं २ मा बैंकको शाखा संख्या ५ वटा पुगेको जानकारी दिए । थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यो बैंकले देशका विभिन्न भागमा ७२ वटा शाखा कार्यालय तथा २७ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x