Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जनताको जलविद्युत् कार्यक्रमको सेयरमा रेटिङ गराउनु नपर्ने

जनताको जलविद्युत् कार्यक्रमको सेयरमा रेटिङ गराउनु नपर्ने

काठमाडौँ, १ चैत : सरकारले अघि सारेको ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को सेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण सेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ ।

जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ को उपनियम ७ बमोजिम त्यस्तो छुट दिने निर्णय गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तर्गत प्रदेश–१ मा नेपाल विधुत प्राधिकरणद्वारा ७२५ मेगावाटको अपर अरुण र ३० मेगावाटको इखुवाखोला, विधुत उत्पादन कम्पनीद्वारा ४८२ मेगावाटको किमाथांका अरुण, रेमिट हाइड्रोद्वारा ७२ मेगावाटको घुन्साखोला र ७० मेगावाटको सिम्बुबा खोला र विधुत विकास विभागद्वारा ३७२ मेगावाटको अरुण ४ आयोजना छनोट गरिएको छ ।

त्यसैगरी प्रदेश–३ मा विधुत प्राधिकरणद्वारा ९६ मेगावाटको तामाकोसी–५ र ३७ मेगावाटको त्रिशूली ३ बी तथा प्रदेश–४ मा चिलिमे हाइड्रोपावर कम्पनीद्वारा ६० मेगावाटको बूढीगण्डकी ग्वारखोला, १ सय मेगावाटको बूढीगण्डकी प्रोक–१, २४० मेगावाटको बूढीगण्डकी प्रोक–२ र ७५ मेगावाटको बूढीगण्डकी  आयोजना निर्माण गरिने छ भने

प्रदेश–५ मा विधुत विकास विभागद्वारा ४८ मेगावाटको भेरी बबई, प्रदेश–६ मा विभागद्वारा २१० मेगावाटको चैनपुर सेती र ५० मेगावाटको अपर सेती, चिलिमेद्वारा १६३ मेगावाटको सेती नदी–३ तथा प्रदेश–७ मा ७२३ मेगावाटका तीन आयोजना अघि सारिएको छ । कुल १९ वटा आयोजनाहरु यस अन्तर्गत छनोट गरिएको छ ।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा नुवाकोटमा निर्माण शुरु भएको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम सेयर बिक्री गर्ने तयारी गरेको छ । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको केही समय पहिले मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्याश गरिसक्नुभएको छ ।

गत फागुन २ गते नेपालको पानी जनताको लगानी कार्यक्रम घोषणा गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x