Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाको सुचीकरण सुरु

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाको सुचीकरण सुरु

काठमाडौं,१ चैत । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आजबाट बेरोजगार युवाको तथ्याङ्क संकलन सुरु गरेको छ ।

सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रका साथै वडा कार्यालयमा बेरोजगार युवाको लगत सङ्कलन शुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले जनाएको छ ।

यसरी वेरोजगार युवाको लागत संकलन गरी सके पछि सरकारले रोजगारीको ब्यवस्था गर्ने छ भने त्यसो गर्न नसकेमा सय दिनको पचाँस प्रतिशत तलव निर्वाह भत्ताको रुपमा दिने छ ।

बेरोजगार युवालाई एक आर्थिक वर्षभित्र न्यूनतम् १०० दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाएको हो । रोजगार कार्यक्रमका लागि सरकारले आव २०७५/०७६ को बजेट वक्तव्यमा रु तीन अर्ब १० करोड विनियोजन गरेको छ ।

कसरी हुने सूचीकृत

बेरोजगार युवाले रोजगार पाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन पर्ने छ। यसका लागि वडा कार्यालयमा गएर  बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित निवेदन दिनुपर्नेछ ।

निवेदनमा रोजगारीको खोजीमा रहेका युवाले आफूले हासिल गरेको शैक्षिक योग्यता, सीप तथा तालीमको विवरण, कामको अनुभव, आफूले काम गर्न चाहेको क्षेत्र, काममा खटिन चाहेको सम्भावित समय र काम गर्न चाहेको स्थान खुलाउनु पर्ने छ । वडा कार्यालयबाट सङ्कलित गरिएको बेरोजगारको निवेदन गाउँ तथा नगरसभाले अनुमोदन गरेपछि रोजगार संयोजकले रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नेछन् । सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारीका अवसरहरू प्रदान गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x