Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सांग्रिला डेभलपमेन्ट बैंकको मुल्य समायोजन

सांग्रिला डेभलपमेन्ट बैंकको मुल्य समायोजन

काठमाडौं, २७ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको प्रति शेयर २३० रुपैयाँमा मुल्य समायोजन गरेको हो । नेप्सेको अनुसार बैंकको आधार शेयर मुल्य २९८ रुपैयाँ रहेको छ ।

बैंकले ८० प्रतिशत हकप्रद शेयर जारी गरेपछि बैंकको शेयर मुल्य समायोजन गरेको हो । बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १ अर्ब ८ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । बैंकको १२औं वार्षिक साधारण सभाले १ बराबर ०.८ कित्ता हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो ।

बैंकले जारी गरेको हकप्रद शेयर पछि चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x