Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

थारुहट–थारुवानद्धारा पहिलो चरणको आन्दोलन गर्दा सरकारले आफ्नो मागप्रति कुनै सुनुवाई नगरेको भन्दै दोस्रो चरणका आन्दोलन घोषणा

थारुहट–थारुवानद्धारा पहिलो चरणको आन्दोलन गर्दा सरकारले आफ्नो मागप्रति कुनै सुनुवाई नगरेको भन्दै दोस्रो चरणका आन्दोलन घोषणा

धनगढी, २० पुस । थारुहट–थारुवान संयुक्त संघर्ष समितिद्धारा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ । समितिले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
थारुहट–थारुवान संयुक्त संघर्ष समितिले थारुहरुको हक अधिकारको लागि आन्दोलन गरिरहँदा विगतका सरकारहरुले थारुहरुसँग गरेको सहमती र सम्झौता अनुरुप थारुहरुको सम्मान गर्ने कुरा उल्लेख भएता पनि त्यसको सम्बोधन हुन नसेको भन्दै ध्यानाकर्षण जनाएको छ ।
संघर्ष समितिले पहिलो चरणको आन्दोलन गर्दा सरकारले आफ्नो मागप्रति कुनै सुनुवाई नगरेको भन्दै दोस्रो चरणका आन्दोलन घोषणा गर्न बाध्य हुनुपरेको कैलाली कञ्चनपुर थारुहट–थारुवान संयुक्त संघर्ष समितिका संयोजक प्रभात चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
कैलाली कञ्चनपुर थारुहट–थारुवान संयुक्त संघर्ष समितिका संयोजक प्रभात चौधरी, थारुहट–थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक कृष्णकुमार चौधरी, थारुहट–थारुवान संयुक्त संघर्ष समिति कञ्चनपुरका संयोजक पुष्कल चौधरी र राना थारु संयुक्त संघर्ष समिति कैलालीका सदस्य गोविन्द रानाले संयुक्त विज्ञप्ति जारी गरि आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको हो ।
पौष २७ गते सम्म कैलाली कञ्चनपुरको सबै क्षेत्रमा भेला गर्ने, माघ महिना भरी सांस्कृतिक कार्यक्रम मार्फत जनजागरण अभियान संचालन गर्ने, आन्दोलनको पक्षमा भित्ते लेखन, माघ १५ गते कैलाली कञ्चनपुरको संयुक्त रुपमा धनगढीमा आमसभा गर्ने, प्रत्येक क्षेत्रमा माघ १८ गते विरोध प्रदर्शन गर्ने, माघ १९ गते कैलाली कञ्चनपुरका प्रत्ेक क्षेत्रमा मसाल जुलुस गर्ने, माघ २० र २१ गते कैलाली कञ्चनपुर आमहड्तालको घोषणा गर्ने जस्ता आन्दोलनका कार्यक्रमहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x