Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

युथ कन्क्लेभमा पारस खड्कालाई १ लाख सहित सम्मान गरिन्दै

युथ कन्क्लेभमा पारस खड्कालाई १ लाख सहित सम्मान गरिन्दै

काठमाडौ, ४ चैत । विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका ३ हजार युवाहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै काठमाडौँका कजेजहरूले मङ्गलबार काठमाडौँ युथ कन्क्लेभ २०१९ गर्ने भएका छन् । काठमाडौँको रिपोर्टर्स क्लबमा आज आयोजित एक कार्यक्रममा कलेजहरूले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई १ लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् ।
युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा चैत्र ५ गते कमलादीस्थित प्रज्ञा भवनमा उक्त कार्यक्रम गरिने बताइएको छ ।


युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्य रहने यस कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलि, पारस खड्का, युट्युबर सिसन बानियाँ, मिस नेपाल २०१८ शृङ्खला खतिवडा, ज्योति ग्रुपका निर्देशक तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, कलाकार सन्दीप क्षेत्री लगायतले युवाहरूलाई सम्बोधन गर्नेछन् ।


कार्यक्रमका अन्य आकर्षणमा स्वप्न सुमनका साङ्गीतिक प्रस्तुति, खानास्टल, गेमजोन तथा विद्यार्थीहरूका अन्य प्रस्तुति लगायत रहेका छन् ।
यस भेलामार्फत युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने लक्ष्य लिइएको छ ।

यस काठमाडौँ युथ कन्क्लेभ २०१९ को प्रमुख उद्देश्यहरू विद्यार्थीलाई सही दिशानिर्देश गर्ने, सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने, विविध क्षेत्रका सफल व्यक्तित्वबाट जीवनोपयोगी ज्ञान दिने तथा औद्योगिक मागहरूबारे विद्यार्थीहरूलाई परिचित गराउने रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x