Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उपभोक्ता ठग्ने एक सय चार ब्यावसायीमाथि कारवाही

उपभोक्ता ठग्ने एक सय चार ब्यावसायीमाथि कारवाही


काठमाडौं ८ चैत । सरकारले उपभोक्तालाई ठगी गर्ने एक सय चार ब्यावसायीहरुलाई कारवाहीको गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाभित्र र  बाहिर गरी जम्मा १ हजार ३८१ व्यापारीको अनुगमन गरेकोमा  १०४ व्यापारीलाई  उपभोक्ता ठगी गरेको पाइएकोमामा उनिहरुमाथि कारवाही गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखा निर्र्देशक पवन तिमिल्सेनाले  उनिहरूले  गैरकानुनी रूपमा व्यापार व्यवसाय सञ्चालन गरी उपभोक्ता ठग्ने काम गरेको पाइएका ले २७ लाख ३० हजार रुपैयाँ जरिमानासमेत गरेको जानकारी दिए ।

तिमिल्सेनाका अनुशार अनुगमनमा धेरै व्यापारीले व्यवसाय दर्ता प्रमाणपत्र पेस नगरेको र नापतौल प्रमाणपत्र पेस गर्न तथा नापतौलका उपकरण नभएका र विभिन्न उपभोग्य वस्तुको उत्पादन मिति र उपभोग्य मिति नराखी बिक्री वितरण गर्ने  म्याद नाघेका सामान बिक्री वितरण गर्ने गरेको पाएको थियो  ।

गरैकानुनी रूपमा व्यापार व्यवसाय सञ्चालन गरी उपभोक्ता ठग्ने व्यापारीलाई ५ हजारदेखि  ३ लाख रुपैयाँसम्मको जरिमाना गरिएको छ ।  काठमाडौं उपत्यकाभित्रमा १ हजार १९५ वटा व्यापारिक फर्मको अनुगमन भएको छ भने उपत्यकाबाहिर १८६ वटा व्यापारिक फर्ममा  अनुगमन गरिएकव् थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x