Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जापानले अप्रिल १ देखि १४ वटा क्षेत्रमा नेपाली कामदार लिने

जापानले अप्रिल १ देखि १४ वटा क्षेत्रमा नेपाली कामदार लिने

काठमाडौं, ११ चैत । नेपाल सरकार र जापान सरकारबीच नेपाली कामदार जापान पठाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको उपस्थितिमा समझदारी पत्रमा दुुई देशका अधिकारीहरुले हस्ताक्षर गरेका हुन् ।

सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानको तर्फबाट नेपालका लागि राजदुत महामहिम मासामिची साईगोले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार सन् २०१९ को अप्रिल १ तारिख देखि जापानले १४ वटा कार्य क्षेत्रहरुः कृषि,नर्सिङ केयर, सवारी साधन, मर्मत र सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग,मेशिनरी पार्ट उद्योग,माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रोनिक, इलेक्ट्रिकर सूचना प्रविधि उद्योगलगाएतका क्षेत्रमा कामदार लिने छ ।

यो समझदारी पत्र प्रभावकारी कार्यान्वयन गर्न दुवै देशका प्रतिनिधि रहनेगरी संयुक्त समिति पनि गठन गरिने छ । समझदारी पत्रमा जापानी कानून बमोजिम नेपाली कामदारहरुले रोजगारीका सेवा, सुविधा एंव शर्तहरु जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरिएको छ ।

त्यस्तै नेपाल र जापान विचमा रहेको सम्बन्धलाई थप व्यवस्थित, समृद्ध तथा उचाईमा पु¥याउन यस यस समझदारीले मद्दत गर्ने मन्त्री विष्टले बताए । नेपाली युवाहरुलाई सुरक्षित तथा पार्दशी ढंगले जापानमा रोजगारीका लागि नेपाल सरकारले राखेको प्रस्ताव जापान सरकारले स्विकारेको हुनाले जापान सरकारलाई मन्त्री विष्टले धन्यवाद ज्ञापन समेत गरेका छन् । मन्त्री विष्टले यो सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाली कामदारको न्यूनतम पारिश्रमिक २ लाख रुपैयाँ हुने छ । जापानले १४ वटा क्षेत्रमा कामदार लैजाने भने पनि त्यसको कोटा भने निश्चित गरिएको छैन् । जापान जान चाहने नेपाली कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x