Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सुरु भयो चौथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

सुरु भयो चौथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला

काठमाडौं, १४ चैत । चौथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आजबाट सुरु भएको छ । महिला उद्यमी महासंघद्वारा आयोजित उक्त मेला ललितपुरको हेरिटेज गार्डेनमा सुरुभएको हो । चैत १८ गतेसम्म चल्ने उक्त मेलाको उद्घाटन महिला तथा बालबालिका मन्त्री थममायाँ थापाले गरेकी हुन् ।

मेला उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले आधा आकाश ढाकेका महिलाहरु पुर्ण रुपमा उद्यमी भए मात्र मुलुक समृद्धि तर्फ उन्मुख हुने बताइन । महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्दै मन्त्री थापाले सरकारको तर्फबाट गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

यसैगरी महासंघकी अध्यक्ष सारदा रिजालले महिलाहरु उद्यमशिलता तर्फ महिलाहरु संघर्ष गरी अघि बढीरहेको भएता पनि त्यसमा सरकार तथा सम्बन्धित निकायले थप सहजिकरण गरिदिन आग्रह गरिन् । महिलाहरुलाई उद्यमी बन्न प्रोत्साहन गरी आवश्यक सीप तालिम तथा वित्तीय सहयोग गर्दै उनीहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारिकरण गर्न सरकारले छुट्टै कलाग्रामको स्थापना गरिदिनु पर्ने उनको भनाई छ ।

‘वर्क टुगेदर विन टुगेदर’ भन्ने नारा सहित सुरुभएको उक्त मेलामा ६ वटा अन्तर्राष्ट्रिय स्टलसहित १ सय ७ वटा स्टलहरु रहेका छन् । जसमा विभिन्न सेवा प्रदायक संस्थाहरुको पनि स्टलहरु रहेका छन् । त्यस्तै मेलामा हस्तकलाका समानहरु प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुन्नाका सामानहरु, हाते कागज तथा काठजन्य वस्तुहरु, जैविका खाद्य पदार्थ, कृषिजन्य उत्पादनहरु विक्री तथा प्रदर्शनीमा राखिएका छन् ।

त्यसैगरी मेलामा नेपालका ३२ वटा जिल्लाका महिला उद्यमी लगायत बंगलादेश, भारत, कोम्बोडिया, थाइल्याण्ड र पाकिस्तानका महिला उद्यमीहरुको सहभागिता रहेको छ ।
५ दिन सम्म चल्ने मेलामा करिब ५० हजारले अवलोकनका साथै कुल ५ करोड रुपैयाँ बराबरको कारोबार हुने महासंघको अनुमान रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x