Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रदेश २ काे आर्थिक बिकासको संवाहक, पर्यटन र उत्पादन – आइबिएन मिडिया रिसर्च

प्रदेश २ काे आर्थिक बिकासको संवाहक, पर्यटन र उत्पादन  – आइबिएन मिडिया रिसर्च

काठमाडौं, १५ चैत । आइबिएन मिडिया रिसर्च प्रा. लि ले नेपालमा आर्थिक क्षेत्रको सम्भावना, अवसर र चुनौती बिषयक अन्तरकृया कार्यक्रम गरिरहेको छ । सोही क्रममा प्रदेश न. २ को धार्मिक एवम् पर्यटकीय क्षेत्र जनकपुरमा अन्तरकृया सम्पन्न गरेको हो ।


प्रदेश न. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा मन्त्री यादवले जनकपुरमा धार्मिक एवम् पर्यटकीय र औद्योगिकरणको प्रचुर सम्भावना रहेको बताउदै प्रदेश सरकारले सम्भावना अनुसारको विकास गर्दै गएको बताए । आगामी दिनमा जनकपुर लगायत प्रदेश न. २ को अन्य क्षेत्रहरुको सम्भावना अनुसार पर्ययटीय तथा औद्योगिक क्षेत्रको विकास गर्ने प्रदेश सरकारको योजना रहेको छ ।


यसैगरि कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा. भोगेन्द्र झाले प्रदेश न. २ ले मुलुकको बिप्रेषण आप्रवाहमा महत्वपुर्ण भुमिका खेलेको बताए । प्राप्त बिप्रेषणलाई सोहि प्रदेशको उत्पादन मुलक क्षेत्रमा लगाउन सकेमा यस क्षेत्रको मुहर फेरिन सक्ने धारणा उनको छ ।

अन्तरकृया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न. २ का उपाध्यक्ष अशोक वैद्यले सागारनाथ क्षेत्रमा नयाँ उद्योगहरुको स्थापना गरि यसलाई प्रदेश २ को राजधानी बनाउनु पर्नेमा जोड दिए । यसकासाथै कार्यक्रममा प्रदेश २ का उद्योगी, व्यवसायी, सरकारी तथा निजि क्षेत्रका सरोबारवालाहरु, स्थानिय उद्यमी व्यवसायी लगायत ८० जना भन्दा बढी व्यक्तिहरुको सहभागीता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x