Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अनलाईन सपिङ दराजले आज ब्रान्ड डे मनाउँदै, घडी खरिदमा छुट

अनलाईन सपिङ दराजले आज ब्रान्ड डे मनाउँदै, घडी खरिदमा छुट

काठमाडौं, १८ चैत । अनलाइन सपिङ दराजले आज (सोमबार) प्रख्यात ब्रान्ड टाइटनका साथमा ‘ब्रान्ड डे’ मनाउँदै छ । एक दिनको लागि मात्र खुला रहेको यस ‘ब्रान्ड डे’ मा ग्रहकहरुले टाइटनका सबै घडीहरुमा २० प्रतिशत छुट, निःशुल्क वितरण तथा २ हजार रुपैयाँसम्मको भाउचरहरु पाइनेछन् ।

दराजको दराजमल र टाइटनको अधिकृत बिक्रेतामार्फत सोमबार राती २३ः५९ बजेसम्म घडी खरिद गर्दा मात्र यो अफर पाइने कम्पनीले जनाएको छ । यस्तै, बिहान १०ः०० बजेदेखि दिउँसो २ बजेसम्म टाइटनको खास मोडलहरुमा न्यूनतम ३० प्रतिशत छुट हुनेछ ।

साथै, ५ हजार रुपैयाँसम्मको कलेक्टीभ भाउचरहरु प्रदान गरिनेछ । यसैगरी, ५ भाग्यशाली उपभोक्ताहरुले २ हजार रुपैयाँको भाउचरहरु जित्ने मौका पनि पाउनेछन् । टाइटनका घडीहरु उत्कृष्ट गुण्स्तरका, विश्वसनीय तथा सुपथ मूल्यमा पाइने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x