Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एक वर्षमा सेयर बजार झन्डै एक सय अंकले तल झर्यो

एक वर्षमा सेयर बजार झन्डै एक सय अंकले तल झर्यो

काठमाडौं, चैत । बर्ष २०७५ पुँजी बजारका लागि खासै उत्साहप्रद रहेन । एक बर्षको अबधीमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकहरुको अवस्था कमजोर देखियो । २०७५ बैसाख २ गते वर्षको पहिलो कारोबार सुरु भएको दिन १२८०.१५ को बिन्दुमा रहेको नेप्से वर्षको अन्तिम कारोबार दिन बिहिबार ११८४.०२ को विन्दु झरेर बन्द भएको छ । यो एक वर्षमा ९६.१३ अंकले नेप्से घटेको छ ।

बर्ष भरिमा नै सबै भन्दा बढी बैशाख ९ गते नेप्से सुचक सबै भन्दा १४३८.४९ अकमा पुगेको थियो भने सबै भन्दा कम फागुन १९ गते ११००.५८ को विन्दुमा ओर्लिएको थियो । नेप्सेमा देखिएको गिरावटका कारण यो वर्ष लगानीकर्ता निराश देखिएन । बैंकको ब्याँजदरमा आएको उत्तारचढावले पनि बजारलाई अर्को प्रभाव पा¥यो ।

गत बैशाखको पहिलो दिन १२८०.१५ को विन्दुमा रहेको नेप्से ५७.९९ अंकले बढेर १३३८.१४ को विन्दुमा चढेको थियो । महिना (जेष्ठ) १ गते १३३३.८५ अंकमा पुगेको नेप्से सुचक जेष्ठ ३१ गते भने घटेर १२४७.३० को विन्दुमा झरेको थियो । सो महिना बजार ८६.५५ अंकले घटेकोे थियो ।
यसैगरि असार ३ गते १२३३.८५ को बिन्दुमा पुगेको नेप्से सुचक सोही महिनाको ३२ गते १२१२.३६ अंकमा कारोबार बन्द हुँदा असार महिना भित्र २०.८७ अंकले सुचक घटेको थियो । साउन महिनालाई हेर्दा सो महिनाको १ गते १२६४.३१ को विन्दुमा पुगेको नेप्से सुचक ३१ गते १२१०.३२ को विन्दुमा कारोबार बन्द हुँदा उक्त महिना पनि ५३.९९ अंकले घटेको थियो ।

लगातार घटिरहेको सेयर बजार भदौ महिनामा भने सुधारिएको थियो । सो महिनाको ३ गते ११९६.२९ को विन्दुमा रहेको नेप्से सुचक ३१ गते १२५६.५३ को विन्दुमा पुगेको थियो । उक्त महिना ६०.२४ अंकको वृद्धि नेप्सेमा आयो । असोज महिनामा भने नेप्से १४.८४ अंकले घटेको थियो । १ गते १२५६.४० को विन्दुमा रहेको नेप्से सुचक २९ गते १२४१.५६ को विन्दुमा कारोबार बन्द भएको थियो । कात्तिक महिनाको ४ गते १२४६.५२ को विन्दुमा पुगेरको नेप्से सुचक सोही महिनाको २९ गते १२०५.५८ को विन्दुका कारोबार बन्द हुँदा नेप्से ४०.९४ अंकले घटेको थियो ।

यस्तै नेप्से सुचक मंसिर १ गते ११९५.४५ को विन्दु र सो महिनाको अन्तिम कारोबार २७ गते ११४८.७८ को विन्दुमा कारोबार बन्द हुँदा महिनामा बजार ४७.६७ अंकले घटेको थियो । पुष महिनामा नेप्से सामान्य अंकले बढेको थियो । सो महिनाकोे १ गते ११६७.६७ को विन्दुमा पुगेर बन्द भएको सुचक ३० गते ११७८.०३ को विन्दुमा कारोबार बन्द हुँदा नेप्से १०.३० अंकले बढेको थियो । साथै माघ महिनामा पनि नेप्सेमा ४०.२२ अंकको वृद्धि देखिएको थियो । सो महिनाको २ गते ११८७.९७ विन्दुमा पुगेको नेप्से सुचक २९ गते १२२८.१९ को विन्दुमा कारोबार बन्द भएको थियो । बर्षको ११ औ महिना (फागुन) १ गते ११२१.०८ को विन्दुमा पुगेको सचक सोही महिनाको ३० गते ११५५.४६ को विन्दुमा कारोबार बन्द हुँदा ३४.३८ अंकको वृद्धि नेप्सेमा देखिएको थियो । बर्षको अन्तिम कारोबार महिना (चैत) मा पनि नेप्सेमा त्यती उत्साहजनक बृद्धि भएन ।

यो बीचमा सेयर बजार निरन्तर रुपमा ओरालो लागेपछि लगानीकर्ताहरुले बजार सुधारको लागि नियमक निकाय तथा सरकारसंग माग राख्दै आन्दोलन पनि गरे । केहीले अर्थमन्त्री डा. युवाराज खतिवडा सहित अन्य पदाधिकारीहरुसँग पटकपटक वार्ता समेत भयो । सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्च स्तरीय सुझाव समिति गठन गरि त्यो समितिले शेयर बजार सुधार सहितको प्रतिवेदन बुझाएको थियो । जस मध्ये स्वचालिन अनलाईन प्रणालीको सुरुवात, मार्जिन ल्यान्ङ्गिको कारोबारको सुरुवात लगायत सेयर बजारमा नीतिहरु परिवर्तन तथा परिमार्जन पनि गरिएका छन् । साथै बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिने प्रकृया सुरु गरिएको छ भने पुँजी बजारको दायरा फराकिलो बनाउन उपत्यका बाहिरबाट पनि ब्रोकरहरुले शाखा खोली कारोबार सुरु गरेका छन् ।

तर पनि समग्रमा यो वर्ष सेयर बजारमा सकारात्मक रहन सकेन । आगामी वर्ष २०७६ सालमा भने लगानीकर्ताहरुले बजारमा सुधार आउने अपेक्षा राखेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x