Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

साझा प्रकाशनले सुचना प्रकाशन गरेर भन्यो–शर्मासँग कारोबार नगर्नु

साझा प्रकाशनले सुचना प्रकाशन गरेर भन्यो–शर्मासँग कारोबार नगर्नु

काठमाडौं, २९ चैत । साझा प्रकाशनले तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासँग कुनै पनि प्रकारको कारोबार नगर्न सबैलाई आग्रह गरेको छ । साझाले आज एक सुचना प्रकाशन गरि शर्मा साझासँग अलग भएकाले उनीसँग कुनै पनि काम कारबाही तथा कारोबार नगर्न र नगराउन आग्रह गरेको हो ।

भ्रष्टाचारलगायत विभिन्न अनियमिततामा मुछिएका तत्कालिन महाप्रबन्धक शर्माले दिएको राजीनामा यहि चैत १ गतेदेखि लागू हुनेगरी सरकारले स्वीकृत गरिसकेको भए पनि जनाइएको छ। साझाको महाप्रबन्धकको रुपमा कार्यरत रहँदा शर्माले अवैध किताबलाई बैधानिकता दिन खोजेको, पुस्तक छाप्ने कागज खरिद र पुस्तक छपाइमा अनियमितता गरेको लगायतका आरोप लागेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x